काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले व्यवस्थापन संकाय तर्फको भदौ दोस्रो हप्तादेखि सञ्चालन गर्ने तयारी गरेको सबै परीक्षा स्थगित गरेको छ ।
कोरोना संक्रमण बढिरहेको तथा विभिन्न जिल्लामा निषेधाज्ञा चलिरहेकाले भदौ दोस्रो हप्ता हुने भनिएको स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गरिएको सोमबार त्रिविद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
यसअघि त्रिविले भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij