काठमाडौं । नेपाल खानेपानी संस्थानको बुटवलस्थित कार्यालयका प्रमुख इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् । इन्जिनियर शाह १० लाख ५५ हजार घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालयको टोलीले धादिङको धुनीबेसीस्थित खानीखोलाबाट पक्राउ गरेको हो । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
इञ्जिनियर साहसँग २ लाख ३३ हजार ५ सय नगद र ८ लाख २२ हजार रुपैयाँको बैंक भौचर बरामद गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij