
काठमाडौं । गोंगवु गणेशस्थानमा वेवारिसे शव भेटिएको छ । हत्या गरेको शवको टाउको झोलामा र शरीर सुटकेशमा भेटिएको प्रहरीले जनाएको छ ।
गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।
टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij