
काठमाडौं । आज थप ३ सय ७८जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ७ सय ८८ नमुना परिक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ९९ जना उपचारपछि निको भएर घर गएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ। नेपालमा हाल सम्म कुल संक्रमितमध्ये ७० जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij