
काठमाडौं । वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उनकी श्रीमती कविता केसी महत दुवैमा कोरोनाबाट संक्रमण देखिएको छ ।
गायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै सङ्क्रमित भएको जानकारी दिएका हुन् । उनीहरु अहिले आफ्नै घरको एउटा-एउटा कोठामा आइसोलेशनमा बसेको पनि महतले जानकारी दिए ।
कोरोना सङ्क्रमणबाट जोगिन सतर्कता अपनाउन पनि उनले सबैलाई आग्रह गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij