काठमाडौं । गएराती भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु।२ च।६७५६ नं।को कार अनियन्त्रत दुर्घटनमा हुदाँ तीन जनाको ज्यान गएको हो । ।
दुर्घटनामा मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं।४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं।३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं।१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर रहेका छन् ।
दुर्घटनामा घाइते भएका चार जनालाई लागी भिम अस्पताल भैरहवा लगिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका– ४ का ३० वर्षीय अनिल यादव को उपचार भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij