गोल्डेन गेटका हिमाल लामाले दोश्रो खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी हात पारेका छन् । उनले ६.५ अंक प्राप्त गदै उपाधी हात पारेका हुन् । उनले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
शहिद दिवस तथा ४१ औं बार्षिकोत्सवको उपलक्षमा युथ कर्नर क्लब, गोफल टोल लगनको आयोजनामा भएको तीन दिने बुद्धिचाल प्रतियोगितमा मखन चेस क्लबका रिजेन्द्र राज भण्डारी ६ अंकका साथ दोश्रो र थापाथली चेस पार्कका सुशिल चौधरी ५.५ अंकका साथ तेश्रो भए । दोश्रो र तेश्रो हुने खेलाडीले नगद ७ र ५ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै प्रतियोगितामा चौथो देखि १० औं स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १ हजार सहित प्रमाण पत्र प्राप्त गरे ।
यस्तै १६ बर्ष मुनिका उत्कृष्ट तीन खेलाडी ग्रिनल्याण्ड स्कुलका युवराज पौडेल, पायनियर ईन्टरनेशनल स्कुलका सुदीप तामाङ्ग, दीपज्योती स्कुलका अपिल रिमाललाई क्रमश प्रोत्साहन स्वरुप नगद १५ सय, एक हजार र ५ सय पुरस्कार प्रदान गरिएको थियो ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी उद्योग मन्त्री नविन्द्र राज जोशीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा अन्नपूर्ण उच्च मा.बि.का दिपेन्द्र गमाल, ग्रिनल्याण्ड स्कुलका समृद्धि पाण्डे र दीपज्योती स्कुलका प्रशन्न विक्रम कुँवर उत्कृष्ट खेलाडी घोषित भएको थिए । उनीहरुलाई प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीको प्रमाण पत्र प्रदान गरिएको प्रतियोगिता संयोजक केदार मान स्थापितले जानकारी गराए ।
सो अवसरमा क्लबको विकास र विस्तारमा योगदान पु¥याउने ब्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने बार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न वालखेलकुदका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij