२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कक्षा ११ को परीक्षा तत्काल नलिन सरकारको निर्देशन

कक्षा ११ को परीक्षा तत्काल नलिन सरकारको निर्देशन


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तत्काल नगर्न निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गर्दै तत्काल परीक्षा सम्बन्धी कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो।

राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन आग्रह गरेको छ ।

कोरोना संक्रमणको कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नुरनगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

यस वर्षको कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयलले नै लिनेछ। तर, विद्यालय कहिलेबाट खुल्ने भन्नेमा अन्यौल छ। विद्यालय खुलेपछि मात्र परीक्षा गरिने बोर्डले जनाएको छ।

आंशिक तथा ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थीले कक्षा १२ को वार्षिक परीक्षा अघि नै परीक्षा दिइसक्नु पर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij