२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सेना, प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

सेना, प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नारायणी अस्पतालमा गरिएको परिक्षणमा आज थप १ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पताल स्रोतका अनुसार संक्रमितहरुमा २१ जना महिला रहेका र १ सय २० जना पुरुष रहेका छन् । संक्रमित हुनेमा १५ वर्षका देखि ७९ वर्ष सम्म रहेका छन् ।

वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका ५ जना नेपाली सेना र ५ जना चकित्सक समेत संक्रमित भएका छन् ।पुष्टि भएका १ सय ४२ जना सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् ।

यो संख्यामा पर्सामा एकैपटक संक्रमण पुष्टि भएको अहिलेसम्मकै सर्वाधिक हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij