
काठमाडौं । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । भारतमा पछिल्लो २० दिनमा १० लाख मानिसमा कोरोना संक्रमण देखिएको छ । यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो।
भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। विश्वभर सङ्क्रमितहरूको संख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ।
पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार १७० जनामा सङ्क्रमण पुष्टि भएको छ। यससँगै सङ्क्रमितहरूको कुल सङ्ख्या २० लाख २५ हजार ४०९ पुगेको छ। तीमध्ये ४० हजार ७०० जनाको मृत्यु भएको छ।
भारत विश्वभरि कोभिड(१९ का कारण मृत्यु हुने देशमध्ये पाँचौ स्थानमा छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij