२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महाशाखामा कार्यरत ३ सय ७५ जना क्वरेण्टीनमा बसेका छन् ।अहिले महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ।

गत शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जना क्वरेण्टीनमा बसेका हुन् । शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको महाशाखाले जनाएको छ ।

अहिले उनीहरुको सबैको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र नामावली टिप्ने काम सकिएपछि कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए।

अहिले महाशाखा मातहत १५ सय ४५ जना ट्राफिक प्रहरीले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij