
काठमाडौं । बाँकेमा शनिबार मध्यरातिदेखि लागू हुने गरी ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनाए ।
बाँकेमा बिहीबार आन्तरिक राजश्व कार्यालयमा कार्यरत ११ जना कर्मचारीसहित २७ जनामा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij