२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप दिने रुसको तयारी

तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप दिने रुसको तयारी


काठमाडौं । रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको जनाएको छ । स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले कोरोना भाइरस विरुद्ध विस्तृत खोप अभियान चलाउने तयारी गरिएको बताए ।

स्वास्थ्यमन्त्रीले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना रहेको जानकारी दिएका छन् । यसका लागि यही महिनामा नियामक निकायबाट खोपको लागि स्वीकृति मिल्ने भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

यद्यपि, तीब्र गतिमा कोरोना भ्याक्सिन बनाउने रुसको कोसिसको विषयमा धेरै विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । झण्डै २० वटा खोपको प्रयोगशालामा परीक्षण सुरु भइसकेको छ ।

न्टरफेक्स न्यूज एजेन्सीका अनुसार रुसी स्वास्थ्यमन्त्रीले मस्कोमा रहेको गामालेया इन्स्टिच्यूटले कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको काम पूरा गरिरहेको र अब यो यसलाई रजिस्टर गर्नका लागि कागजी प्रक्रियामा व्यस्त भएको जानकारी दिएका छन् ।

रुसमा अहिलेसम्म ८ लाख ४५ हजारमा कोरोना पुष्टि भएको छ भने १४ हजार जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij