
वीरगञ्ज । पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यादवसहित ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन् ।
सांसद यादवसहित उनका चालक र अङ्गरक्षकमा समेत कोरोना पुष्टि भएको छ। यसका साथै नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, स्वाब संकलन गरिएका अन्य ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जनालाई पनि कोरोना संक्रमण देखिएको छ ।
सांसद यादवले फेसबुकमार्फत आफुमा कोरोना पुष्टि भएको बताएका हुन् । ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन।’ उनले फेसबुकमा भनेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij