२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

शाओमीको ‘रेडमी नोट ९’ सिरिज नेपाली बजारमा

शाओमीको ‘रेडमी नोट ९’ सिरिज नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले शुक्रबार नेपालमा बजेट सेग्मेन्टभित्र दुई नयाँ स्मार्टफोन मोडल रेडमी ९ र रेडमी ९ ए सार्वजनिक गरेको छ।

शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीले विश्वास लिएको छ।

क्‍वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी ९ ले जीवनका विशेष पलहरू खिच्न मद्दत गर्ने छ। द्रूत स्न्याप, वाइड एङ्‍गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोट्रेट खिच्न पनि रेडमी ९ ले सहयोग गर्ने छ।

६।५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले प्रस्तुत गर्दै रेडमी ९ ले एक क्रिस्टल क्लियर विवरणका साथ तत्कालै एक निर्देशनमा सर्वोत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ।

५०२० एमएएच क्षमताको ब्याट्रीका साथ जोडिएको रेडमी ९ ले १८ वाट्ट फास्ट चार्जिङ टेक्नोलोजी पनि सपोर्ट गर्छ। रेडमी ९ कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पल गरी तीनवटा कलरमा पाइन्छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij