
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रहरी प्रधान कार्यालयमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप १८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु रहेका छन् । संक्रमित हुनेमा एक सई , असई तीन, हवल्दार १७, प्रहरी जवान ४९ र कार्यालय सहयोगी दुईजना छन् । अधिकांश संक्रमित सवारी शाखाका छन् ।
संक्रमितहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालका भर्ना गरिएको छ । साथै संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ मार्फत अन्य २० जनाभन्दा बढी प्रहरीलाई क्वारेन्टिनमा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij