
काठमाडौं । प्रहरीले काठमाडौंको नारायणस्थानबाट थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको छ । प्रहरी जवान प्रशन्न श्रेष्ठको डेराबाट एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बरामद गरिएको धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी रहेको परिसरले जनाएको छ । १४ किलो सुन जस्तै देखिने धातु र आधी किलो सुन प्रकरणमा गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा प्रहरीले सुन जस्तो देखिने धातु बरामद गरेको हो ।
जवान प्रशन्नलाई दरबारमार्ग वृतको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij