
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या मुद्दामा आरोपित आठ जना प्रहरीले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा सफाइ दिएको हो ।
तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।
निर्मलाकी आमा दुर्गादेवी र दीलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रमाण नष्ट गरेको र दिलिपलाई यातना दिएको भन्दै उनीहरुविरुद्ध जाहेरी दिएका थिए। उक्त मुद्दा ०७५ फागुन २२ मा दर्ता भएको थियो। यो फैसलासँगै निलम्बित प्रहरीलाई काममा फर्कने बाटो खुलेको छ ।
दुई वर्षअघि १३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या भएको थियो । तर बलात्कारपछि हत्यामा संलग्न व्यक्ति भने अझै पक्राउ परेका छैनन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij