२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेकपाको केन्द्रीय कमिटी बैठक बोलाउन बुझाइयो १५२ जनाको हस्ताक्षर

नेकपाको केन्द्रीय कमिटी बैठक बोलाउन बुझाइयो १५२ जनाको हस्ताक्षर

काठमाडौं । नेकपामा तत्काल केन्द्रीय कमिटी बैठकको माग गर्दै १५२ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित पार्टी केन्द्रीय कार्यालयमा पत्र बुझाइएको छ। पार्टीभित्रको विवाद मिलाउन केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै १ सय ५२ जना केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्र बुझाएका हुन् ।

केन्द्रीय सदस्यहरुले अध्यक्ष ओली(प्रचण्डलाई भेटेरै पत्र बुझाउन खोजेपनि समय नपाएपछि पार्टी केन्द्रीय कार्यालयमा पत्र दर्ता गरेर फर्किएका थिए। बैठक माग गर्नेमा प्रायः प्रचण्ड र नेपाल पक्षीय केन्द्रीय सदस्यहरू छन्।

यसअघि गत वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यहरुले अध्यक्ष ओली(प्रचण्डलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए। स्थायी कमिटी बैठक माग गरिएको ३ महिनापछि असार १० गतेदेखि अझैसम्म जारी छ। तर, स्थायी कमिटी बैठकले अहिलेसम्म पार्टीभित्रको विवाद समाधान गर्न सकेको छैन।

३४ दिनदेखि जारी स्थायी कमिटीको बैठक नियमित एजेण्डामा प्रवेश नगरी स्थगित हुँदै आएका बेला केन्द्रीय कमिटी बैठक माग गरिएको हो। मंगलबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेपछि नेकपा विवादले अर्का तहमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij