रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर रक्षा बाँध्न रोक लगाइएको छ ।
ज्योतिष परिषद् रुकुम (पूर्व)ले विगतका वर्षहरुमाझैं यस वर्ष घरघरमा गएर रक्षाबन्धन गर्न नपाइने निर्णय गरेकाे हाे ।
स्मरण रहाेस् यही साउन १९ गते रक्षाबन्धन परेको छ । यस दिनलाइ विशेष रूपमा लिइन्छ ।
रक्षाबन्धन हिन्दू धर्माबलम्बीहरूकाे अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij