२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पहिरोले घर पुरिँदा कालीकोटमा ९ जनाको मृत्यु

पहिरोले घर पुरिँदा कालीकोटमा ९ जनाको मृत्यु


काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकामा  पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले जनाएका छन् ।

पहिरोमा परि २ जना घाइते भएको र उनीहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको अध्यक्ष बिष्टले जानकारी दिए । पहिरोमा परि ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको छ ।

घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij