२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अष्ट्रेलियाको डढेलोमा परि करिब ३ अर्ब जनावर प्रभावित

अष्ट्रेलियाको डढेलोमा परि करिब ३ अर्ब जनावर प्रभावित

काठमाडौं । अस्ट्रेलियाको जङ्गलमा लागेको आगलागीका कारण करिब तीन अर्ब जनावरको मृत्यु वा विस्थापित भएको वैज्ञानिकले बताएका छन् ।वर्ल्डवाइड फन्ड फर नेचर (डब्ल्यूडब्ल्यूएफ) ले गरेको एक अनुसन्धानले यो कुरा जनाएको हो ।

डब्ल्यूडब्ल्यूएफले तयार पारेको रिपोर्टमा गत वर्ष अष्ट्रेलियाको जंगलको आगलागी वन्य जीवनका लागि आधुनिक इतिहासको सबैभन्दा खतरनाक त्रासदी भएको बताएको छ । यस आगलागीको चपेटामा धेरै स्तनधारी, घिस्रने जनावर, पंक्षी र भ्यागुता परेको जनाएको छ ।

गत बर्ष अष्ट्रेलियाको जंगलमा लागेको आगोमा परी ३३ जना मानिसको पनि ज्यान गएको थियो । डढेलोको असर सबैभन्दा बढी न्यु साउथ वेल्स र भिक्टोरियामा परेको थियो । यहाँ मात्रै करिब एक अर्ब २४ करोड जनावर मारिएको अनुमान गरिएको थियो । तर अनुमान विपरीत डढेलो फैलिएपछि अनुमान गरेभन्दा धेरै वन्यजन्तु मरेको बीबीसीले उल्लेख गरेको छ । आगलागीपछि वन्यजन्तुले खाना र आश्रयका लागि सङ्घर्ष गरिरहेको समाचारमा उल्लेख छ ।

अस्ट्रेलिया सरकारले आगलागीपछि एक सय प्रजातिका जनावरको पहिचान गरी उनीहरलाई तत्काल सहयोगको आवश्यक्ता रहेको बताएको थियो । जङ्गल र घाँसे मैदानमा आगलागी हुँदा वन्यजन्तुले ३० प्रतिशत बासस्थान गुमाएका थिए ।

सरकारले वन्य जीवन र प्राकृतिक आवासको पुनर्बहालीका लागि तीन करोड ५० लाख अमेरिकी डलरको घोषणा गरेको छ । तर वातावरणविद्का अनुसार सरकारले आफ्नो प्राकृतिक संरक्षण कानूलाई थप बलियो बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij