लियो क्लब अफ नुवाकोट परोपकारको अध्यक्ष पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।लायन्स वर्ष २०१९/२० को अध्यक्ष लियो प्रकाश रिजालको सभापतिमा भएको उक्त कार्यक्रममा लायन्स पार्वती खरेल पाण्डे,district president leo आदर्श मोहन भट्टराई, vice district president लियो प्रकश थापा district administrator लियो मनिश अर्याल, district PRO लियो सुदाम लामिछाने, chief region co-ordinator लियो योगेश गौतम, region co-ordinator लियो किरण थापा क्षेत्री लगायतका आतिथ्यता रहेका थिए।
कार्यक्रम विश्वव्यापी रूपमा आतंकित रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को महामारीमा पनि सामाजिक सञ्जालको सहि सदुपयोग गर्दै अनलाइनको माध्यमद्वारा सञ्चालित गरिएको थियो।हालको वर्तमान अध्यक्ष लायन्स वर्ष २०२०/२१ का अध्यक्ष लियो आमोद नेपाललाई वर्ष २०१९/२० का अध्यक्ष लियो प्रकाश रिजालद्वारा अध्यक्ष पद हस्तान्तरण गर्नु भएको हो।वर्तमान अध्यक्ष नेपालद्वारा भाबी योजनाका बिस्तृत विवरण समेत कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij