२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण,१२ हजार ६ सय संक्रमण मुक्त

काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण,१२ हजार ६ सय संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुष र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४९ वर्षीया चिनियाँ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्ले २४ घण्टामा काठमाडौंमा ३ जना कोरोना संक्रमित थपिएका छन् योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको स‌ंख्या ३ सय ८५ पुगेको छ जसमा काठमाडौंको २ सय ५९, ललितपुरको ७९ र भक्तपुरको ४७ जना रहको छन् । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्‍यु पुष्टि भएको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा २ सय ७ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij