२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रभु र समृद्धि क्यापिटल एक आपसमा गाभिएसँगै एकीकृत कारोबार शुरु

प्रभु र समृद्धि क्यापिटल एक आपसमा गाभिएसँगै एकीकृत कारोबार शुरु

काठमाडौं । पुँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल र समृद्धि क्यापिटल एक आपसमा गाभिएका छन्  आज(असार २९ गते) बाट एकिकृत कारोबार शुरु गरेका छन् । दुबै संस्था एक आपसमा गाभिए पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पुँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पुँजीबजारमा महत्वपूर्ण योगदान दिने विश्वास लिएको बताएका छन् । उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताएका छन् ।

कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटलका अध्यक्ष एलपि भानु शर्माले पुँजी बजार व्यक्तिमात्रै नभई समाज नैं बन्ने मेलो भएको कुरालाई जोड दिँदै ठूला-ठूला संस्थाहरु नबनिकन देश बन्दैन भन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरेका छन् ।

त्यस्तै प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका भिष्मराज ढुंगानाको कार्यकालमा नेपाली पुँजी बजारले विषम परिस्थिति भोगेको भएतापनि स्थायी सरकार भएको हुँदा आउने दिनमा थप परिस्कृत भई नयाँ उचाई छुनेछ भन्ने विश्वास लिएको बताए । उनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताएका छन् ।

कार्यक्रमको अध्यक्ष तथा मर्जर कमिटिका संयोजक रहेका तत्कालिन प्रभु क्यापिटलका अध्यक्ष बिनोद थकालीले इतिहास रच्दै..अघि बढ्दै..प्रभु क्यापिटल भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेड अगाडि बढेको बताए ।

मर्जर पछिकाे क्यापिटलको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ८१ करोड ७१ लाख रुपैयाँ भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij