चारखाल डिल्लिबजार स्थित सञ्चालनमा रहेकाे द टाइम्स इन्टरनेशनल उच्च माध्यमिक विद्यालयकाे खेल सप्ताह अाज समापन भएकाे छ । खेल भव्य रूपमा सम्पन्न भएकाे जानकारी सेताेघर डट कमलार्इ प्राप्त भएकाे हाे ।
कुन खेलमा कसकाे जित ?
क्रिकेट तर्फ व्यवस्थापन सङ्काय अन्तरगत १२ कक्षाका सेक्सन ७ र सेक्सन ८ का विद्यार्थीहरूले प्रथम स्थान हासिल गरेका छन् । बास्केटबलमा व्यवस्थापनकै कक्षा १२ का सेक्सन ७ र सेक्सन ८ उत्कृष्टका िवद्यार्थीहरूले उत्कृष्ट स्थान हासिल गरेका छन् । बास्केटबल तर्फ उत्कृष्ट खेलाडी सुदन मैनाली हुन् । उनलार्इ बिराज बुम्रेल, विवेक राज जि सि , मनिष भुजेल सबिन खड्गी, बिजेस तामाङ, सुजन घिमिरे, बद्री भट्ट , सुसान्त श्रेष्ठ र सुमन पौडेलकाेसाथ रहेकाे थियाे ।
फुटबल तर्फ कक्षा १२ का व्यवस्थापन संकायका सेक्सन ५ र सेक्सन २ उत्कृष्ट रहे । फुटबलमा प्रथम स्थान हासिल गरेका व्यक्ति हुन् अर्जुन मगर । साे टीममा राम सिन्जालि मगर, विवेक गुरुङ , नवीन घर्ती , सोनाम तामाङ , सुबास बानिया रहेका थिए ।
भलिबलमा भने प्रथम स्थान विज्ञान सङ्कायका छात्राहरूले हात पारेका छन् । त्यस्तै बास्केटबलमा प्रथम स्थान विग्यान संकायका सेक्सन नम्बर १ का विद्यार्थीहरूले हात पारेका थिए । भलिबल साेही टिममा अन्जन सोनि सुनार , माधब दाहाल, महेस बस्नेत , गौरव थापा, सुबास कटुवाल, सौरभ चौधरी र सुदिप देवकोटा रहेका थिए । सुदिप देवकोटा उत्कृष्ट खेलाडीमा पर्न सफल भएका छन् । सुदन मैनाली अलराउण्डर समेत हुन् ।
अाज सम्पन्न भएकाे उक्त खेलकुद समापन कार्यक्रमको अध्यक्ष्यता कलेजका
खेलकुद सँगै सरस्वती पूजामा संलग्न टाइम्स टिम
अध्यक्ष टिकाराम सापकोटाले गर्नु भएको थियोे भने कार्यक्रमको संञ्चालन व्यवस्थापन तथा मानविकी सङ्कायका प्रोग्राम डाइरेक्टर राजन प्रसाद पोखरेल र विज्ञान सङ्कायका प्रोग्राम डाइरेक्टर श्री दयfराम न्यौपानेले संयुक्त रूपमा गर्नुभएको थियो ।
कार्यक्रममा कलेजका प्राचार्य बुद्धि बहादुर सुवेदी, एकेडेमिक एड्भाइजर प्रभा चित्रकार, फाइनान्स डाइरेक्टर दिपक न्यौपाने, मास्टर एण्ड व्याचलर प्रोग्राम डाइरेक्टर हाेम बहादुर कार्की, परीक्षा नियन्त्रक सुश्री सदिक्षा भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खेल सप्ताहमा विभिन्न खेलमा विजेता हुने विद्यार्थीलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । साथै कलेजका विभिन्न अतिरिक्त क्रियाकलापहरु अन्तरगत कविता प्रतियोगिता, वादविवाद प्रतियोगिता, चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्वना हुने विद्यार्थीलाई नगद तथा शैक्षिक सामाग्रीहरु पुरस्कारकाे रूपमा प्रदान गरिएको छ ।
त्यसै गरी टाइम्समा अध्ययनरत छात्र /छात्राहरु जसले नेपालको सातौं राष्ट्रिय खेलकुदमा सहभागी भइ विभिन्न खेलमा मेडल प्राप्त गर्न सफल भएका थिए उनीहरूलाई पनि सम्मान गरिएको छ । कार्यक्रम बिहान सरस्वती पुजाबाट ७:०० बजे सुरु भइ बास्केटबलको फाइनल गेम सँगै साँझ ४:३० मा समापन भएको थियो । कार्यक्रमको समापनका क्रममा कलेजका अध्यक्ष टिकाराम सापकोटाले पढाइका अतिरिक्त रहने यस्ता खेलकुद तथा अन्य अतिरिक्त कृयाकलापले विद्यार्थी भित्र रहेको प्रतिभा बाहिर ल्याउन मद्दत गर्ने भन्दै यस्ता गतिविधिहरु कलेजले शुरूवातका दिन देखि नै सञ्चालन गर्दै अाएकाे र अागामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता समेत जनाउनु भयो ।
सातौं राष्ट्रिय खेलमा प्रथम रनर अप भएकी जुनु कुमारी स्याङ्वोको नेतृत्वमा देखाइएको मार्सल गेम सो कार्यक्रमको आकर्षण बनेको थियो ।