डिल बहादुर लामा-नुवाकोट । बेलकाेटगढी नगरपालिका वडा नम्बर ३ नयाँबस्ती नुवाकोटका युवा समाजसेवी अमृत तामाङकाे अार्थिक सहयाेगमा शुभ-अारम्भ अनलाइन क्लबले मंगलबार बेलकाेटगढी ३ मा रहात वितरण गरेकाे छ । शुभ-अारम्भ अनलाइन क्लबका अध्यक्ष तथा शुभ- अारम्भ अनलाइन डटकमका प्रधान सम्पादक पत्रकार डिल बहादुर लामा , साेही क्लबका सदस्य अप्सरा तामाङ र नेपाली हाँस्यटेली चलचित्र निर्देशक तथा पत्रकार करण तामाङ घ्लानकाे उपस्थितिमा क्लबले मंगलबार बेलकाेटगढी नगरपालिका वडा नम्बर तीन नयाँ बस्तीका सन्तलाल सुनार , जंगविर सुनार , फूलमाया तामाङ , रेशम तामाङ , चन्द्र बहादुर तामाङ , चतुर्मान तामाङ , चिनीमाया सुनार , ललितमान तामाङ , सेतीमाया तामाङ लगायतका दस विपन्न घरपरिवारलाई रहात वितरण गरेको हाे ।
रहात स्वरुप दाल ,चामल , तेल लगायतका खाद्यान्न सामग्रीहरु प्रदान गरिएको छ ।
लकडाउनसँगै बर्खाकाे याे समस्याको बिचमा रहात सामग्री प्रदान गरिएकोमा समाजसेवी अमृत तामाङ , अप्सरा तामाङ , अध्यक्ष डिलबहादुर लामा , करण तामाङ घ्लान लगायत शुभ-अारम्भ अनलाइन क्लबका सम्पूर्ण टिम प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij