बेलकोटगढी। अहिले बिश्वब्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमन समयमा सामाजिक सेवा भावना भएकाहरुलाई सेवा गर्न सरकारले एकद्वार प्रणालीले रोकिएको छ। तर सामाजिक सन्जालमा त्यो नियमको पालना भएको पक्कै पनि कमै मात्रैमा देख्न सकिन्छ।
यी नै सरकारको कमजोरका कारण देशमा कैयौं मान्छेको रोगले भन्दा नि भोकले मर्नेहरुको सङ्ख्या बिस्तारै बढ्दै गैरहेको दिनानुदिन आउने खबरहरुबाट प्रष्ट हुन्छ। तर खाने मुखलाई जुङ्गाले छेक्दैन भने झै सहयोगी मनहरुले कुनै न कुनै तरिकाले पिडितहरु सामु सेवा उपलब्ध गराइरहेका छन्।लक डाउनको समयमा रासन र आर्थिकमा आफ्नो जिविका चलाउन कठिन बनेको स्थितिमा सेवा प्रदान गर्ने व्यक्तिहरुको खोजी पनि नभएको हैन।किरा खाएर हिरामा निदाउने सरकारको मन्द दिमागले बेइमानीको खेल खेलेको पाइन्छ।यता जाउ रोक्नु,उता जाउ रोक्नु ,रोक्नु रोक्नु रोक्नु सुरक्षाकर्मीहरुको नि मन लागि परि आए कामै गलत नभए नि घाम पानीमा सुकाइ दिने, भिझाइ दिने।
यी र यस्ता कार्यको अन्त्य गर्न माग गर्दै बेलकोटगढी युवा सेवा समाजका अध्यक्ष समीर गुरुङले हाम्रो दियाले न्युजसङ्ग केही सरकारप्रती तिता अनुभुती भएको बताउनु भएको छ।तर पनि अध्यक्ष गुरुङले सामाजिक सेवा कार्यमा जुनसुकै समयमा पनि आफू र आफ्नो बेलकोटगढी युवा सेवा समाज सधै अगाडि बढिरहेको र बढिरने समेत प्रतिबद्धता जनाउनु भएको छ।त्यसैले सरकारप्रती राहत वितरण कार्य एकद्वार नभई खुल्ला अन्तर दिलमा कार्य गर्न गराउने वातावरण दिनुपर्ने भन्दै आपत्तिका साथमा अनुरोध समेत गरेका थिए।अध्यक्ष गुरुङले सरकारले गरेको एकद्वार प्रणालीबाट आर्थिक र भौतिक रूपमा सहयोग गर्ने संघ सस्थाहरु र ब्यक्तीहरु काम गर्ने कालू मकै खाने भालु भएको समेत अभिव्यक्ति दिएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij