रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को विसम् परिस्थितिमा नुवाकोटका नेपाली काङ्ग्रेस समाजसेवी युवाहरुद्वारा विभिन्न किसिमका सहयोग राहत वितरण भैरहेको छ।त्यस्तै गरि आज बेलकोटगढी नगरपालिकाको वडा नम्बर ४ दियालेमा रहेको नेपाल फार्मेसीलाई बेलकोटगढी -९ बाघखोरका नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी हर्क बहादुर तामाङले स्वास्थ्य समाग्री प्रदान गर्नु भएको छ।
समाजसेवी तामाङको साथमा रामचन्द्र लामा र शेरब लामाको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरेको हो।थर्मल गनर मास्कसङ्गै विभिन्न स्वास्थ्य सामाग्रीहरु नेपाल फार्मेसीका संचालक डाक्टर किश्वर नेपाललाई हस्तान्तरण गर्नु भएको हो।कोरोना भाइरसको बिश्वले समस्या खेपिरहेका बेला सङ्क्रमणबाट सुरक्षित रहनका लागि भन्दै टाढैबाट पनि बिरामी भएर उपचारका लागि आउने बिरामीहरुको सजिलैसँग ज्वरो मापन गर्न सहज होस् भन्ने उदेश्यले थर्मल गन साथै स्वास्थ्य सामग्री प्रदान गरेको अर्का समाजसेवी रामचन्द्र लामाले बताउनु भएको थियो।समाचार सम्प्रेषणको क्रममा हाम्रा पत्रकारहरुसङ्ग कुराकानी गर्दै अझै पनि नयाँ किसिमको सहयोगको तर्जुमा गर्दै समाजमा अफु बचौ र अरुलाई बचाऔ भन्ने नाराका साथमा लागि परेका समेत युवा नेताहरुले बताउनु भएका थिए।अहिलेको डर लाग्दो समयमा बिरामीहरु उपचारको लागि आउदा पनि ज्वरो नाप्न डर मानी मानी पुरानै किसिमको ज्वरो नाप्ने साधन प्रयोग गर्नु परेकोमा नयाँ आधुनिक किसिमको टाढैबाट पनि ज्वरो नाप्ने र अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराइदिनु भएकोमा नेपाल फार्मेसी का सञ्चालक डाक्टर किश्वर नेपालले युवा नेता तथा समाजसेवी हर्क बहादुर तामाङ,रामचन्द्र लामा र शेरब लामाप्रती खुशीका साथ धन्यवाद ब्याक्त गरेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij