कंगना फिल्म उद्योगकी उत्कृष्ट कलाकार मध्येकी एक हुन् । उनी फिल्मका विषयमा खुलेपनि निजी जीवनका बारेमा कोहीसँग खुलेर कुराकानी गर्दिनन् । उनले केही समय पहिला सन् २०१७ मा विवाह गर्ने सोच रहेको बताएकी थिइन् । कंगना आफ्नो परिवार वसाउन चाहन्छिन् । तर उनले बच्चा जन्माउनका लागि विवाह गर्न आवश्यक नभएको बताएकी छिन् ।
एक अन्तरवार्ताका क्रममा कंगनाले विवाहको विषयमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले हामीरूर जुन दुनियाँमा हुर्किरहेका छौं, यो दुनियामा त डेटिङ जान समेत मुस्किल भएको उनी बताउँछिन् । उनले कुनै पनि सम्बन्धमा कमिटमेन्ट आवश्यक रहेको बताएकी छिन् ।
उनले एक्लै जीवन विताउन मुस्किल भएको भन्दै विवाह आवश्यक रहेको बताइन् । उनले तर उनले विवाह र करियर एक आपसमा सम्बन्धित नभएको बताइन् । विवाहसँग उमेरको कुनै सम्बन्ध नरहेको उनको भनाइ छ । उनले बच्चा जन्माउनका लागि विवाह गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताइन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij