काठमाडौं । अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्वीस खेलाडी रोजर फेडेररले जितेका छन् । आइतबार भएको फाइनलमा स्पेनिस खेलाडी रफाइल नदाललाई पराजित गर्दै फेडेररले उपाधि जितेका हुन् ।
पूर्वविश्व नम्बर एकहरुको भिडन्तमा फेडेरर ६–४, ३–६, ६–१, ३–६ र ६–३ ले विजयी भए । योसँगै सर्वाधिक ग्रान्डस्लाम जितको कीर्तिमानलाई अझ थप्नेक्रममा फेडेररले ग्रान्डस्लाम संख्यालाई १८ पुर्याएका छन् ।
१४ पटकका ग्रान्डस्लाम विजेता नदाललाई हराएसँगै फेडेररले अस्ट्रेलियन ओपन उपाधिको संख्या पनि पाँच पुर्याएका छन् ।३५ वर्षीय फेडेररले सन् २०१२ को विम्बल्डन टेनिसपछि पहिलो ग्रान्डस्लाम जितेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij