२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नागरिक फिर्ता नलग्ने देशमाथि युएईको कडा नीति, श्रम सम्झौता रद्ध हुनसक्ने

नागरिक फिर्ता नलग्ने देशमाथि युएईको कडा नीति, श्रम सम्झौता रद्ध हुनसक्ने

युएईको मानव संशाधन तथा ईमिरेटिजेसन मन्त्रालयले कोरोना संकटका बेला आफ्ना नागरिक फिर्ता लैजान नमान्ने देशलाई कारबाही गर्नका लागि अध्ययन थालेको छ । मन्त्रालयका एक अधिकारीले वर्तमान श्रम सम्झौतामा केन्द्रीत भएर कस्तो कदम चाल्ने भन्ने विषयमा अध्ययन भइरहेको खलिजटाइम्सले जनाएको छ ।

ती अधिकारीका अनुसार निजी क्षेत्रमा काम गर्ने मजदुरले घर फर्कन चाहेमा फिर्ता पठाउने नियम युएई सरकारले ल्याएको अवस्थामा आफ्नो नागरिकलाई घर फर्कन नदिएर असहयोग गर्ने देशसँग विगतमा गरिएका श्रम सम्झौता पुनरावलोकन गर्ने तयारी भइरहेको छ ।
नेपालसहितका देशले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन चाहिरहेका छैनन् । ती अधिकारीका अनुसारसहकार्य नगर्ने देशसँग श्रम सम्झौता बन्द गर्ने, भविष्यमा ती देशबाट कामदार ल्याउन कडाई गर्ने, कोटा निर्धारण गर्नेलगायत विकल्पमा अध्ययन भइरहेको छ ।
मन्त्रालय स्रोतले युएईमा कार्यरत नागरिकले देश फर्कन चाहेमा उनीहरुलाई फर्काउन सम्बन्धित देश जिम्मेवार हुनुपर्नेमा पनि जोड दिएको छ । तर कतिपय देशका नागरिकले घर फर्कनका लागि आग्रह गरिहदाँ पनि ती देशका सरकार गैर जिम्मेवार भएको मन्त्रालयको ठहर छ ।  ती अधिकारीका अनुसार मन्त्रालयले नागरिकता तथा परिचयका लागि संघीय प्राधिकरण, विदेश मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय संकट तथा विपद् व्यवस्थापनसँग सहकार्य गरेर भर्खरै मानवीय पहल थालेको छ ।

जसअनुसार कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सतर्कता अपनाउन निजी क्षेत्रमा काम गर्नेहरुलाई आफ्नो देश फर्कन दिइनेछ । युएईमा साढे तीन लाख नेपाली रहेका छन् । कोरोनाका कारण अहिले कतिपयले रोजगारी गुमाएको र भाइरसको त्रासका कारण पनि उनीहरु घर फर्कन चाहेको छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij