प्रेम लामा, सञ्चालक अाशापुरी अर्गानिक एग्राे फार्म
प्रेम लामाको जन्म काभ्रेको साँगामा वि.सं २०११ बैशाखमा भएको हो । पित बेलबहादुर लामा र माता माइती लामाको कोखबाट जन्मेका प्रेम लामाले १२ बर्षको हुँदा आफ्नै गाउँको जनजागृति स्कुलमा पढेका थिए । र विद्यालय स्तरीय शिक्षा चाहिँ काठमाडौंको दरबार हाइस्कुलबाट करिब २० बर्षको उमेरमा भएको थियो । त्यसपछि उनले काठमाडौंकै रत्नराज्यलक्ष्मी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरे भने स्नातक तह चाहिँ त्रिचन्द्र कलेजबाट पूरा गरेका थिए । उनका हाल शिवपुरी अर्गानिक फार्म र काठमाडौंको गल्कुपाखामा सुरमा पेपर प्रडक्ट गरी दुइवटा उद्योग सञ्चालनमा रहेका छन् । 
१०-१२ बर्षको हुँदासम्म असाध्यै खेल्न मन पराउँथे प्रेम लामा । त्यति बेला उनको गाऊँमा कसैले आफ्ना छोराछोरीलाई गाली गर्नुप¥यो भने ‘तँ त प्रेमजस्तै बिग्रने भइस्’ भनेर गाली गर्थे रे । पछि उनै प्रेम आफ्नै गाउँमा ३० जनाभन्दा बढी व्यक्तिलाई रोजगारी दिन सफल भएका छन् । सानोमा गोठालो जान असाध्यै मन पर्ने प्रेमलाई खेतबारीमा काम गर्न भनेपछि एकदमै गाह्रो लाग्थ्यो । तिनताक उनको घरमा पानीघट्ट सञ्चालन हुन्थ्यो । धेरै गाउँलेहरु त्यो घट्टमा अन्न पिसाउनमा खुसी हुन्थे ।
त्यति बेला प्रेम ‘यही एउटा पानीको कुलोबाट किन एउटा मात्रै घट्ट चलाउने, किन यसबाट १२÷१३ ओटा घट्ट चलाउन सकिँदैन र ’ भोर सोच्ने गर्थे । सानैमा उनमा केही नयाँ काम गर्ने जाँगर चलिरहन्थ्यो । प्रेम लामा मध्यमस्तरीय परिवारमा जन्मिएका व्यक्ति हुन् । परिवार कृषि पेशामै निर्भर थियो । प्रेम लामा हुर्केबढेको ठाउँमा सामाजिक स्थिति अझै पनि पहिलेको जस्तै छ ।
प्र्रेम लामाले घरको कमजोर आर्थिक अवस्थाको कारण आफ्नो लागि आवश्यक खर्च आफैं व्यवस्थापन गर्नुपथ्र्यो । जसले गर्दा उनलाई विज्ञान विषय पढ्ने औधीइच्छा हुँदाहुँदै पनि उनले त्यो चाहना पूरा गर्न सकेनन् । यद्यपि अहिले उनी कृषिविज्ञानसँग सम्बन्धित उद्योग सञ्चालन गरिरहेका छन् । उनको अथक परिश्रमको परिणाम हो अहिलेको उद्योग ।
जागिर
जागिर खानको लागि शिक्षक सेवा आयोगमा भरेको फारामबाट उनको नाम पहिलो नम्बरमा नै निस्कियो । ३० बर्षका थिए त्यतिबेला उनी । करिब १० बर्ष उनी शिक्षण पेशामा संलग्न रहे । त्यसै क्रममा उनको रुचिको क्षेत्र बदलियो । उनी हस्तकला क्षेत्रमा आकर्षित भए । जसले गर्दा उनले शिक्षण पेशा छोडेर सामान्य लगानी (करिब २ हजार रुपियाँ)बाट कागज उत्पादन सम्बन्धी उद्योग शुरु गरे । शुरुमा त्यस कार्यमा एकजना मित्रले सहयोग गर्ने वचनवद्धता जनाएपनि उनीसँगको सहकार्य लामो समय चलेन । जसले गर्दा उनलाई नयाँ जटिल परिस्थिति सृजना भयो । यद्यपि विशेष प्रतिवद्धता सहित उक्त क्षेत्रमा होमिएका उनलाई कागज उत्पादन क्षेत्रमा दक्षता हासिल गर्न करिब १ बर्ष लाग्यो । उनै प्रेम लामा पछि नेपालबाट बाह्य बजारमा कागजजन्य वस्तुहरु निर्यात गर्ने उत्कृष्ट व्यवसायीको रुपमा समेत परिचित हुन सफल रहे । जुन उद्योग अहिले पनि सञ्चालनमा छ ।
प्रेम लामा कर्ममा निकै नै विश्वास गर्छन् । अहिले उनी एक सफल र प्रतिष्ठित व्यक्तिको रुपमा परिचित छन् । यद्यपि बर्षमा करिब १०० दिन त २४ घण्टा नै काममा खटिने बताउँछन् लामा । जुन हामी सबैको लागि आश्चर्यको कुरा हुन जान्छ । सामान्य दिनमा पनि उनले करिब १६ घण्टा समय त आफ्ना उद्योगहरुमा नै बिताउँछन् । कुनै काम शुरु गर्नुभन्दा पहिले उनले निकै गहन तवरले सोच्छन् । डायरीमा टिपोट गर्छन् । कामलाई निकै नै महत्व दिने बानी बसेको छ प्रेम लामामा । उनको व्यवसायलाई माथि उठाउने कार्यमा श्रीमतीको पनि निकै महत्वपूर्ण भूमिका छ । यद्यपि महत्वपूर्ण कामहरु प्रेम आफैंले नै सम्पन्न गर्छन् । कामदार तथा कर्मचारीहरुलाई राम्रो तवरले परिचालन गर्छन् । सबै पक्षमा निपूर्ण लामाको सफलता यिनै पक्षहरुलाई व्यवस्थित बनाउन सकेकै कारण त्यस अवस्थामा पुग्न सकेको हो ।
काम गर्ने क्रममा विभिन्न किसिमका समस्याहरु प्रेमले पनि सामना गरेका छन् । यद्यपि ती समस्याहरुmलाई उनी निकै सामान्य रुपमा लिई सहजै समाधान गर्न तत्पर हुन्छन् । सजिलै समाधान हुनसक्ने नदेखिए त्यस बारेमा राम्रोसँग सोचविचार गरिसक्दा कुनै उपाय आफैं निस्किहाल्छ । आफूले आफूनिकटका व्यक्तिहरु र ग्राहकसँग गर्ने व्यवहार नै आफ्नै जिन्दगीमा फिर्ता हुन्छ भन्ने मान्यता राख्ने उनी कसैलाई पनि धोका दिँदैनन् । इमान्दार भइ काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् उनी ।
|उद्योग सञ्चालनमा शोखिन भए सफल भइन्छ
सामान्यतया उद्योग सञ्चालन कार्य अर्थोपार्जनकै उद्देश्यले गरिन्छ । यद्यपि त्यही उद्योगलाई शोखको रुपमा समेृत विकास गर्न सकेको खण्डमा उद्योगले तुलनात्मक रुपमा डबल फाइदा पु¥याउन सक्छ । प्रेमले पनि यो अनुभव गरिसकेका छन् । शुरुमा कागज उद्योगमा काम गर्ने विशेष शोख भएको कारण नै अहिले लामाले आफूले मुलुककै उच्च गुणस्तरीय कागज उत्पादन गर्न सफल छन् । जुन कागज अहिले लामाले विश्वबजारमा विक्री गरिरहेका छन् । उद्योग सञ्चालनको क्रममा त्यसलाई सामान्य रुपमा जिवीकोपार्जन मात्र नभई मुलुकमा रोजगारी र राजस्व सृजनामा पनि महत्वपूर्ण योगदान दिनुपर्छ भन्ने मान्यता राख्छन् लामा । यसको अलावा विदेशी उत्पादनलाई विस्थापित गर्न सक्ने किसिमको योजना सहित त्यो किसिमको उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् लामा ।
आफुसँग विचार मिल्ने व्यक्तिहरुको सहकार्यमा अहिले प्रेम सहितका कागज उत्पादकहरुले सहकारी समेत सञ्चालन गरेका छन् । व्यवसायको अलावा समाजसेवामा शोख राख्छन् लामा । कागजको अलावा उनले स्थापना गरेको अर्गानिक कृषि फार्मलाई पनि उनी समाजसेवाको अर्को स्वरुपकोरुपमा व्यक्त गर्छन् । विषादीमुक्त खाद्यान्नको पहुँच सर्वसाधारणमा विस्तार गरिरहेका उनी आगामी दिनमा यस क्षेत्रलाई अझ व्यापक बनाउँदै लैजाने योजनामा छन् । अहिले उनले सञ्चालन गरेको कृषि फार्म हो आशापुरी अर्गानिक । जुन काभ्रेमा सञ्चालित छ । कागज र कृषि फार्म गरी अहिले उनका उद्योग मार्फत करिब १ सय व्यक्तिहरुले रोजगारी पाएका छन् । उनको उद्योगको निम्ति बन्द,हड्ताल जस्ता समस्याले पनि काममा बाधा पु¥याउँदै आएका छन् । आफुले सोचेजति काम गर्न नसकेको बताउँछन् प्रेम लामा । सामान्यतया बैंकबाट ऋण नलिई उद्योग चलाउनुपर्ने मान्यता राख्छन् लामा ।
अहिले उद्योग व्यवसायमा देखिएको एउटा समस्या अस्वस्थ प्रतिष्पर्धा हो । जुन व्यवसायीबाट सिर्जना भएको हो । यसलाई समाधान गर्न व्यवसायीहरु नै आपसमा मिल्नुको विकल्प रहँदैन । कृषि क्षेत्रमा अहिले श्रम समस्या, समयमा उत्पादन लगायतका समस्या पनि छन् । श्रम समस्या समाधानमा राजनीतिक दलको भूमिका पनि महत्वपूर्ण हुने गर्छ ।
कृषि क्षेत्र अन्तरगतकै सिताके च्याउमा शुरुमा करिब १ करोड लगानीमा काम गर्ने हो भने एक बर्षमा नै त्यसलाई दोब्बर गर्न सकिने सम्भावना भएको कारण सम्भावना निकै राम्रो रहेको कारण युवाहरुलाई थप प्रविधि र पुँजी सहित कृषिमा लाग्न सल्लाह दिन्छन् लामा । अहिले सिताके च्याउको माग भारतमा पनि निकै बढेको छ । राम्रो सम्भावना रहेकै कारण अहिले जापानले ४ लाख भन्दा बढी मानिस च्याउ उत्पादनमा नै लगाएको छ ।
यसैगरी किवी फलको पनि राम्रो सम्भावना छ । यस फलको युरोप, अमेरिका लगायतमा राम्रो माग छ । यसको अलावा एभोगाड्रोले पनि राम्रो सम्भावना बोकेको छ ।
पछिल्ला बर्षहरुमा हर्वल चियाको माग निकै नै बढेको छ । विषादीमुक्त अर्गानिक तरकारी निकै लोकप्रिय बनेको छ । यसलाई घरघरमा पुर्याउने व्यवस्था गर्नसके राम्रो आर्थिक उपार्जन र सामाजिक प्रतिष्ठा कमाउन सकिन्छ । यसैगरी फलफूलका जाम, जुस, बेली उत्पादन गरेर पनि राम्रो कमाई गर्न सकिन्छ ।
नेपालमा कृषिमा राम्रो सम्भावना भएको अर्को क्षेत्रमा पर्छ जडिबुटी । तर नेपालमा अहिले पनि थुप्रै जडिबुटीहरुको पहिचान र बजार अनुसन्धान हुन सकेको छैन । यस सम्बन्धि राज्यले स्पष्ट नीति बनाउने र युवा परिचालन गरी जडिबुटी प्रशोधन गरेर विक्री गरेमा राम्रो मुनाफा आम्दानी गर्न सकिन्छ । कतिपय कृषिजन्य उत्पादनलाई सिधै औषधीकै रुपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता उत्पादनको समेत बजारमा राम्रो माग छ । हामीले त्यसको पहिचान गरी बजार मात्र खोजे पुग्छ ।
नेपाललाई साँच्चै धनी बनाउने हो भने कृषि क्षेत्र पनि एक महत्वपूर्ण क्षेत्रको रुपमा विकास हुनु जरुरी छ । यसको अलावा व्यवसाय, स्वास्थ्य र समाजसेवालाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यता राख्ने लामा आफ्नै फार्मबाट उत्पादित स्वस्थ उत्पादन प्रयोग गर्न पाएकोमा गर्व गर्छन् ।
कर्ण शाक्यकाे म सक्छु नामक पुस्तकबाट
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij