विश्व काेराेना महामारीकाे सामना गरिरहेकाे अवस्थामा विभिन्न सहयाेगी हातहरुले विभिन्न तवरले सहयाेग उपलब्ध गराइरहेका पनि छन् । बिश्वमा कोरोना संकट गहिरिदै जादा नेपालमा समेत लकडाउनले ठूलो प्रभाव पारेको छ | हरेक पेशा, ब्यवसाय तथा आर्थिक क्षेत्र पुर्ण रुपमा ठप्प छ |
संकटको यस घडीमा नेपाल सरकारले स्थापना गरेको राहत कोष मार्फत सहयोग गर्नेहरुकाे लिष्टमा नेपाल भ्यालुयर्स एसाेसिएसन पनि थपिएकाे छ । एसाेसिएसनकाे लुम्बिनी च्याप्टरले बिहिबार प्रदेश न ५ को कोरोना बिपत कोषमा रु एक लाख पाँच ह्जार पाँच सय पचपन्न रुपियाँ सहयोग गरेको विज्ञप्ति मार्फत जानकारी गराएकाे छ |
मुल्यांकनकर्ता इन्जिनियरहरुकाे साझा संस्थाकाे रुपमा कार्यरत यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयाेग उपलब्ध गराएकाे हाे । एसोसिएसनका च्याप्टर अध्यक्ष ई. शैलेन्द्र कुमार श्रेष्ठको नेतृत्वको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री श्री शंकर पोख्रेललाई भेटेर सो रकम हस्तान्तरण गरेको बताइएकाे छ ।

उक्त प्रतिनिधि मण्डलमा च्याप्टरका उपाध्यक्ष ई. यमलाल पान्डे सचीव ई. गोबिन्द पङेनी, केन्द्रिय उपाध्यक्ष ई. जीवन अर्याल र सल्लाहकार ई. दुजेन्द्र बस्नेतको उपस्थित रहेको थियो |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij