पर्सा- वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीहरुले कोरोना कोषमा ७५ हजार रुपैया आर्थिक सहयोग गरेका छन्।
विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसको सँक्रमणबाट बच्नको लागि सहयोग पुगास् भन्ने उदशेयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम सहयोग गरेका हुन।
यसका साथै कैदीबन्दीहरुले कोषमा राहत स्वरुप आफूले पाउदै आएको एक दिनको सिदा खर्च बापत रकम संकलन गरि ७५ हजार ८ सय ४० रुपैया सहयोग गरेको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलले बताए।
उनले भने, ‘ यहाँका कैदीबन्दीहरुले आफ्नो दिनको सिद्रा कटाएर कोरोनाका लागि उपचार सहयोग गरेका छन्।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij