दाङ । दाङको देउखुरीमा भालुको आक्रमणबाट एजना घाइते भएका छन् । लमही नगरपालिका ८ सतवरिया निवासी भीम चौधरी भालुको आक्रमणबाट घाइते भएका हुन् ।
शुक्रबार दिउँसो घरबाट घास काट्न जंगल गएको समयमा चार वटा भालुको आक्रमणबाट चौधरी घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घाइते चौधरीको खुट्टामा भालुले चिथोरेको छ । दुईवटा माउ र दुईवटा बच्चा भालुले आक्रमण गरेको बताउदै बन्चरो र खुर्पाले हानेर भागेपछि बाँच्न सफल भएको घाइते चौधरीले बताए । उनको लमही अस्पतालमा उपचार भइरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij