दाङ– कोरोनाकाे जाँच गरिएका दाङका २० जनाको रिपोर्ट नेगेटिभ आएको छ। दाङको बेलझुण्डीमा रहेका ११ जनासहित २० जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना विशेष अस्पताल बेलझुण्डीका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा २० जनाको रिपोर्ट नेगेटिभ आएको हो। बेलझुण्डीमा राखिएका २० जनामध्ये ११ जना गौरीफन्टा नाका भएर आएका मध्य थिए भने ६ जना दुबईबाट आएका थिए।
यस्तै एक जना रुपैडिहा नाका, एक जना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका कार्यालय सहयोगी भर्ना भएका थिए। त्यसैगरी थप एक जना स्थानीय पनि भर्ना भएका थिए।
आइसोलेसन कक्षमा भर्ना भएका २० जनाको मंगलबार स्वाब संकलन गरेर काठमाडौँ पठाइएको थियो। २० जनाको नमुनामध्ये ८ जनाको रिपोर्ट बिहीबार आएको थियो भने बाँकी १२ जनाको रिपोर्ट शुक्रबार आएको हो। आइसोलेसन कक्षमा दाङका १५ र प्यूठानका ५ जना भर्ना भएका छन्।
योसँगै दाङबाट कोरोना जाँचका लागि पठाइएका सबैजनाको नतिजा नेगेटिभ आएको छ। यसअघि कोरोना अस्पतालबाट पठाएका १५ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट पठाएका पाँच जनाको पनि नतिजा नेगेटिभ आएको थियो।
दाङबाट जम्मा ४० जनाको कोरोना जाँच गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij