२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट सात नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट सात नेपालीको मृत्यु

बेलायतमा पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ ।

बुधबार तीनजना तथा बिहीबार दुईजना नेपालीको मृत्यु भएको हो । बुधबार मृत्यु हुनेमा भूपू गोर्खा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ, शिव श्रेष्ठ र मेघबहादुर गुरुङ रहेका छन् ।

त्यस्तै केदार पन्त र अर्का एक जना नाम नखुलाइएका नेपालीको पनि कोरोना भाइरसका कारण बिहीबार मृत्यु भएको छ ।

तीन साताअघि लन्डनको ह्यारोमा बसोबास गर्दै आइरहेका ६५ वर्षीय भूपू गोर्खा सैनिक लिलाबहादुर राई र त्यसको एक सातापछि दक्षिणी लन्डनमा बसोबास गर्ने ४० वर्षीय प्रशान्त अर्यालले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij