काठमाडौँ – जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ। नेपाल एयरलाइन्सको चार्टर्ड विमान शुक्रबार साँझ ८ बजे जापानी नागरिक लिएर त्रिभुवन विमानस्थलबाट उड्दै छ। विमान जापानको नारिता विमानस्थलमा अवतरण हुने छ।
कोरोना भाइरसको विश्वव्यापी महामारी र निरन्तरको लकडाउनका कारण विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकहरु विमान चार्टर्ड गरि लगिरहेका छन्। अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्सलगायत देशले नेपालबाट आफ्ना नागरिक लगेका छन्।
पछिल्लोपटक बेलायतले बुधबार टाइटन एयरमार्फत आफ्ना नागरिक नेपालबाट लगेको थियो। बेलायतले नेपालमा रहेका आफ्ना बाँकी नागरिकलाई लिन शुक्रबार पनि टाइटन एयर पठाउँदै छ। सोही दिन टाइटन एयर फर्कने छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij