काठमाडौं । सरकारले नेपालका लागि कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ।
कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। शंकर ग्रुपका सञ्चालकसमेत रहेका अग्रवाललाई स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ ।
बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै मानार्थ अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij