२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रदेश दुईको राहत कोषमा नेपाली कांग्रेसको ४० लाख सहयोग

प्रदेश दुईको राहत कोषमा नेपाली कांग्रेसको ४० लाख सहयोग

जनकपुरधाम– प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ।

नेपाली कांग्रेसका प्रदेश नं. २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो।

राहत कोषमा अहिलेसम्म एक करोडभन्दा बढी रकम जम्मा भएको छ।

अहिलेसम्ममा कोषमा लक्ष्मी बैंकले १० लाख, सिभिल बैंकले ५ लाख, मेगा बैंकले ५ लाख, गण्डकी विकास बैंकले ४ लाख, कुमारी बैंकले १० लाख, माछापुच्छ्रे बैंकले ५ लाख, नेपाल बैंकले ५ लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंकले ५ लाख र सिद्धार्थ बैंकले १० लाख रुपैयाँ जम्मा गरेका छन्।

त्यस्तै राहत कोषमा भाटभटेनी सुपर मार्केटले २५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij