
ललितपुर । कोरोना भाइरस संक्रमणको खतरा अझै बढ्दै गए देशकै सबैभन्दा लामो रथजात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा केही समयपछि सर्ने भएको छ ।
रथ बनाउनका लागी आवश्यक पर्ने काठ, रथ बाध्न प्रयोग हुने बेत र डोरीको पनि प्रवन्ध मिलीसकेको गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुख राजन भुजुले जानकारी दिए । उनका अनुसार देशको अवस्था यस्तै रहे, ज्योतिष, मच्छिन्द्रनाथका पुजारी, पानेजु, स्थानीय, जनप्रतिनिधी लगायतको छलफल गरी हाललाई मिती सार्न सक्ने अवस्था पनि छ र अहिले नै जात्राको मिती सर्यो भन्न मिल्दैन, उनले भने हामीले जात्राका लागी रथ बनाउन काठ, बेत आदी ल्याइसक्यौँ, भिडभाड कम गरेर हामी जात्रा गर्न पनि सक्छौँ तर स्थीती अर्कै भएमा छलफलबाट हामी अगाडी बढ्छौँ ।
संस्थानको ललितपुर शाखा प्रमुख भुजुको अध्यक्षतामा गत बुधबार बसेको बैठकले लगनखेलमा २७ गते मत्स्येन्द्रनाथको महास्नान र २८ गतेबाट पुल्चोकमा रथ निर्माण सुरु गर्ने निर्णय गरेको हा । सो बैठकले महास्नानमा पुजारी, पानेजु , खट बाध्ने लगायत गरी ८–१० जना मात्र सहभागी हुने तयारी रहेको उनले बताए ।
पुल्चोकमा ‘हामोकी’ पूजाका लागी सहभागी हुने पुजारी, बाराही गुठीका नाइके, यवाल र अन्य गुठीका गुठीयारका लागि आवतजावत गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय ललितपुरलाई संस्थानले अनुरोध गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij