२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

‘लकडाउन’को अवधिमा कृषि क्षेत्रमा गरिनु पर्ने कामहरु

‘लकडाउन’को अवधिमा कृषि क्षेत्रमा गरिनु पर्ने कामहरु

राजन गैरे प्रमुख कार्यकारी अधिकृत नेपाल एग्रो लाइभ प्रा.लि.

अहिले नेपाल लकडाउनको कारण बन्दपायः छ । यद्यपि कृषिप्रधान देश भएको हुनाले अन्य क्षेत्रहरु बन्द भएपनि कृषि क्षेत्र भने पूर्ण रुपमा बन्द गर्न सकिने अवस्था छैन । यसकारण लकडाउनको अवधिमा पनि कृषि क्षेत्रमा गर्न सकिने केही कामहरु सम्बन्धी कृषिविज्ञ राजन गैह्रेले कृषकहरुलाई लक्षित गरी केही टिप्सहरु प्रस्तुत गर्नुभएको छ ।
अहिलेकोलामो बन्दले देशको मात्र होइन, संसार भरकै जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यो अवस्थाले नेपाली किसान, व्यवसायी, कृषि उद्यमी सबैलाई गंभिर असर पारेको छ । अहिलेको समस्या एक ठाउंमा छ, यसलाईसमयमा नै ध्यान दिइएन भने कोरोना महामारी सकिएपछि पनि झन ठूलो समस्या आउने निश्चित छ । मानवीय जीवन खाद्यवस्तुमा निर्भर रहने भएकोले अहिलेकृषि उत्पादन प्रकृया शुरु नहुने हो भने केही समयपछि बालीहरुको उत्पादन नहुने र खाद्यसंकट सृजना हुने स्थिति आउन सक्छ । यसबाट खासगरि तरकारीको चरम अभाव सृजना हुन सक्ने र त्यो अवस्था आउन नदिनको लागि सरकार, किसान, विज्ञ सबैले अहिले नै गंभिर रुपले विचार गरेर आवश्यक कदम चाल्नुपर्ने गैरेको धारणा छ ।

यसको लागि गर्नुपर्ने पहल निम्न बुँदाहरुमा प्रस्तुत गरिएको छ ।

 आपत्कालिन संकलन केन्द्रहरुको स्थापना
अहिले किसानले उत्पादन गरेको वस्तु टिप्न र बजारमा पुर्याउन गाह्रो भैरहेको छ । त्यो अवस्थामा सरकारले आवश्यक सुरक्षाका उपायहरुसहित हरेक वडा कार्यालयहरुले संयोजन गर्ने गरि वितरण प्रणाली व्यवस्थापन गर्नु पर्छ । हरेक वडाहरुमा आपतकालिन संकलन केन्द्रहरु बनाएर किसानले त्यहां ल्याएर समान बेच्न सक्ने र उपभोक्ता तथा अरु व्यापारीले त्यहीँबाटै समान लैजाने व्यवस्था गर्नुपर्छ ।

सुरक्षा प्रणाली सहित कृषि कार्यलाई निरन्तरता
कोरोना भाइरसको माहामारीले सबैलाई छोएको छ । तर त्यसको आतंक र असर गाउंको तुलनामा शहरमा बढी छ । गाउंमा व्यक्ति व्यक्तिबीचको दूरी व्यवस्थापन गर्न जति सहज छ, शहरमा त्यति सहज छैन । त्यसैले अहिलेको अवस्थामा ग्रामीण क्षेत्रका किसानहरुले नियमित रुपमा काम गरिरहेकै छन्, गर्नैपर्छ । त्यसको लागि कम्तिमा १०, १२ फिटको दूरीमा जति सक्दो थोरै मान्छे संलग्न भएर काम गर्ने र कामको दौरान र काम सकिएपछि पनि पूर्ण रुपमा सुरक्षाका उपायहरु अपनाउनु जरुरी रहन्छ ।

सरसफाईमा विशेष सचेतना 
धेरै रोगहरुबाट बच्नको लागि कृषिजन्य सामान टिप्दादेखि नै सचेतता अपनाउनुपर्छ । टिप्दा पन्जा लगाउने, फार्ममा वा घरमा केही समयको लागि भण्डारण गर्दा पनि भुसुनाहरु नलागोस् भनेर सरसफाइमा ध्यान दिने र बेच्ने बेलामा पनि निश्चित दूरी कायम गर्नुपर्छ । साथै सामान खरिद विक्री गरेपछि साबुनपानीले हात धुने बानीको विकास गर्नु जरुरी छ ।

रोग र किराबारे पनि हेरचाह जरुरी 
चैत्र भनेको मौसम परिवर्तनको समय हो । अब विस्तारै गर्मी बढ्दै जान्छ र त्योसंगसंगै रोग किराको प्रकोप पनि बढ्दै जान्छ । तर, अहिले बन्द भएकोले त्यो समाधानको लागि विषादी खोज्दै बजार जाने अवस्था छैन । त्यही कारण किसानले रोग वा किराको लक्षण देखिनासाथ फोटो र भिडियो खिचेर आफ्नो सम्पर्कमा रहेका विज्ञहरुसंग तत्कालै सुझाव लिइहाल्नुपर्छ ।

 

नेपाल एग्रो लाइभ सूचना परार्शको भरपर्दो माध्यम 
नेपाल एग्रो लाइभले आफूसंग सहकार्य गरिरहेका किसानहरुको लागि विपदको बेला भरपर्दो परामर्श सेवा प्रवाह गर्न विभिन्न माध्यमबाट पहल गरिरहेको छ । यसको लागि कृषकहरुको समस्या समाधानको लागि भिडियोबाटै सुझावहरु दिइरहेको छ । जुनजुन कम्पनी, व्यवसायी वा विज्ञहरुसंग यस कम्पनीले सहकार्य गरिरहेकोछ, ती संस्थाहरुसंग सम्पर्क गरेर लक्षण देखिनासाथ समस्या समाधानको लागि कृषकलाई सचेत गराइरहेको छ ।

छोटो अवधिका बालीहरु रोप्न कृषकलाई आग्रह 
अहिलेको एक महिना बन्दमा नै बित्ने देखिएको छ । एक महिनाको समय बन्दमा वित्नु भनेको एउटा बाली चक्र नै प्रभावित हुनु हो । त्यो अवस्थालाई मिलाउनको लागि अब किसानले छोटो समयमा फल्ने र विक्री गर्न सकिने साग, तरकारी बालीहरुको उत्पादनमा ध्यान दिनु जरुरी देखिन्छ । किसानले अहिले भोग्नु परेको आर्थिक नोक्सानी पनि छिटो पूर्ती गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij