रोना भाइरस (कोभिड –१९)को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान जारी राखेका छन् ।
यस अन्तर्गत काठमाडौ महानगरपालिका (कामपा) वडा नं १५ चागल निवासी समाजसेवी राकेश कर्माचार्यको अगुवाईमा शुक्रबार कामपा सो वडाको चागल, लखतीर्थ र धुम्बाखेलका १३ जना स्वयंसेवी रक्तदाताले रगतदान गरे।
लकडाउनका अवस्थामा रगतको अभाव हुन नदिन सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले रक्तदाताको पायक पर्ने स्थानमा पुगी सामाजिक दूरी कायम गरी रगत सङ्कलन जारी राखेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij