उज्जवल सत्याल
नेपाल सरकारले सन् २०२० लाई भ्रमण बर्षको रुपमा भव्य तवरले उद्घाटन गरिसकेको छ । भ्रमण बर्षको रुपमा मनाईंरहँदा हामीले सबैभन्दा पहिले यसको महत्व, औचित्यता र दिगो प्रभाव के हुन सक्छ भन्ने विषयमा समेत विशेष ध्यान दिनुपर्छ । यदि हामीले नेपाल पनि एउटा पर्यटकीय मुलुक हो भन्ने चिनाउनकै लागि पर्यटन बर्ष मनाउने हो भने यो त्यति औचित्यपूर्ण देखिँदैन । विश्वव्यापी सामाजिक सञ्जालको बढ्दो उपयोगिता सँगै नेपाललाई अहिले विश्वसमुदायले चिनिसकेको छ । अवश्य पनि नेपालमा पर्यटनलाई प्रवद्र्धन गर्नुछ, त्यसमा कुनै शङ्का छैन । त्यसोभए यसको लागि हामीले गर्नुपर्ने के हो त ? के नेपालीहरु मात्रै सङ्गठित भएर एकपटक तामझाम गरेर नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सम्भव हुन्छ त ? जुन प्रश्न सरकारले पर्यटन बर्ष मनाइरहँदा धेरैको मनमा उब्जिएको छ । औपचारिक कार्यक्रमले मात्र हामीले चाहेको जस्तो परिणाम नआउन सक्छ । यदि हामीले साँच्चै नै परिणाम चाहने हो भने यसको लागि जग देखि नै आवश्यक तयारी गर्नु उपयुक्त हुन सक्छ ।
के हुन सक्छ पर्यटन प्रवर्दधनको जग ?
पर्यटकहरुलाई हामीले एउटा बर्षलाई मात्र लक्षित गरेर निमन्त्रणा दिनु उचित हुँदैन । प्रकृतिमा आधारित पर्यटकीय गञ्तव्यहरु नेपालमा सदैव एउटै अवस्थामा रहन्छन् । तर हामीले भ्रमण बर्ष मनाईरहँदा नेपालमा आउने पर्यटकले यस बर्ष विशेष केही नयाँ कुराको अपेक्षा गरेका हुन्छन् । आखिर यस पर्यटक बर्षलाई लक्षित गरेर हामीले नयाँपन के ल्याउन सक्यौं, त्यो महत्वपूर्ण हुनुपर्छ ।
पूर्वाधार विकास बर्ष मनाउनु उचित हुन्थ्यो कि ?
नेपालमा हाम्रो निमन्त्रणा स्वीकार गरेर आउने पर्यटकहरुले अहिलेको हाम्रा कमजोर भौतिक पूर्वाधारको अवस्थाले गर्दा निराश हुनुपर्ने अवस्था छ । यस्तो कुरामा विचार गर्दै हरेक बर्ष पर्यटन प्रवद्र्धनलाई लक्षित हुने किसिमले पूर्वाधार विकास बर्ष, गञ्तव्य विकास बर्ष, गञ्तव्य सरसफाई बर्ष, नयाँ गञ्तव्य खोजी बर्ष लगायतका विभिन्न मुभमेन्टहरु हरेक बर्ष सञ्चालन गर्नु उपयुक्त हुने थियो । पर्यटन प्रवद्र्धनको लागि हाम्रा आधारभुत पूर्वाधार नै महत्वपूर्ण रहने कुरालाई लक्षित गर्दै ‘भ्खभचथ थ्भबच ख्ष्कष्त थ्भबच’ अवधारणालाई अङ्गिकार गर्नसके मात्र हामीले केही बर्षको अवधिमा नै निरन्तर रुपमा ठूलो परिमाणमा पर्यटकहरु आउने वातावरण बनाउन सकिन्छ ।
अहिलेको प्रचारलाई हेर्ने हो भने हाम्रो प्रचार बाहिर भन्दा बढी नेपालमा नै भएको छ । विदेशमा चर्चा कम छ । निकै ठूलो खर्च गरेर ७ ओटै प्रदेशमा यस कार्यक्रमको उद्घाटन गरिएको छ । तर सोहीबमोजिम हाम्रो धरातलीय ययार्थ भने पृथक छ । लुम्बिनी जाँदा सुनौली हुँदै जाने बाटो धुलैधुलो छ । काठमाडौंकै महत्वपूर्ण क्षेत्र ठमेलकै बाटो भत्काएर ढल फुटाइएको छ । नगरकोटको अवस्था पनि निकै कमजोर छ । बौद्ध जाने बाटो धेरै बर्षपश्चात् सुधार भएको छ ।
पर्यटनका खम्बाहरु :
पर्यटन बढाउने हो भने हामीले ४ कुरामा ध्यान दिनुपर्छ
क.भौगोलिक आकर्षण
ख. सडक पहुँच
ग. होटल (आवास)
घ. स्वागतसत्कारआचरण
क. आकर्षण :
नेपालको भौगोलिक परिस्थिति आफैंमा आकर्षक छ । सोहीकारण नेपालमा आउने पर्यटकहरु प्राकृतिक अवस्थितिलाई हेर्नकै लागि आउने हुन् । मानवनिर्मित संरचना हेर्न नेपालमा अहिले सम्म कोही पनि आउने गरेका छैनन् । पुरातात्विक मन्दिर र संङ्ग्राहालय संयोगवश हेर्ने हुन् ।
ख. सडक पहुँच
अहिले नेपालमा पर्यटकलाई एउटा गञ्तव्यबाट अर्को गञ्तव्यमा पुग्नको लागि राम्रो बाटो छैन । जसले गर्दा सहज रुपमा निश्चित अवधिमा निश्चित गञ्तव्यमा पु¥याउन सकिने अवस्था छैन । नेपालको लागि सडक र हवाई नै दुई माध्यम हुन् । सडकले नै आकर्षित गञ्तव्यलाई जोड्ने पुलको काम गर्न सक्छ ।
ग. आवास : अहिले नेपालमा प्रशस्तै होटलहरु बनेका छन् । खानबस्नको लागि शहरीक्षेत्रमा समस्या छैन । यद्यपि ग्रामीण दुर्गम क्षेत्रमा भने अझै पनि प्रयाप्त होटल तथा होमस्टेहरु बन्न सकेका छैनन् ।
घ. स्वागतसत्कार-आचरण :
पर्यटन प्रवद्र्धनको लागि हामीलेहाम्रा जनशक्तिलाई पनि आवश्यक तालिमहरु दिएर राम्रो हाउभाउ दर्शाउन सक्ने बनाउनुपर्छ ।
सरकारको महत्वाकांक्षी कार्यक्रम
नेपालमा १० लाख पर्यटक पुर्याउन हामीलाई ६० बर्ष लाग्यो । अहिले केवल २ बर्ष पश्चात् नै त्यसको तुलनामा हामीले डबल उपलब्धिको लक्ष्य राखेका छौं । जुन आफैमा महत्वाकांक्षी छ । यस्तो महत्वाकांक्षी कार्यक्रम लिएर मात्र पनि हुँदैन । हामीले प्राप्त गर्न सकिने लक्ष्य लिनुपर्छ । केवल प्र्र्रत्येक बर्ष १० प्रतिशतले पर्यटक बढाउने लक्ष्य राख्यौं भनेपनि हामी सफल बन्न सक्छौं । सङ्ख्या पु¥याएर मात्र बढी आम्दानी हुने होइन । बरु उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने गरी अन्य कुराहरुमा हामीले ध्यान दिनु जरुरी छ । यसको लागि माथि उल्लेख गरिएका ४ बुँदाहरुलाई अनुशरण गरी पर्यटकीय गतिविधि बढाउन केन्द्रित हुनुपर्छ । हामीले अब नयाँपनमा ध्यान दिनु जरुरी छ ।
२०२० मा नै किन भ्रमणमा आउने ?
भ्रमण बर्षकै अवसरमा आउनेले थप सुविधा के पाउन सकिन्छ ? विशेष सुविधा के रहन्छन् भन्ने अपेक्षा अतिथिमा हुनु स्वभाविकै हो । यसको लागि हामीले हाम्रो पूर्ण तयारीमा विशेष ध्यान दिनुपर्छ । एउटा पक्ष मात्र कमजोर भएको खण्डमा हामीले प्रयाप्त रकम भित्र्याउन सक्दैनौं । साथै पछिको लागि राम्रो सन्देश नजान सक्छ ।
अन्त्यमा
अबका दिनमा पर्यटकले कुनै ठाउँमा घुमिरहँदा राम्रो शौचालयको समेत सुविधा पाउन सक्दैन भने कसरी हामीले चाहेबमोजिम पर्यटकलाई राम्रो सन्देश प्रवाह गर्न सकिएला त ? यस्तो अवस्थामा हामीले पर्यटक आकर्षणको लागि सबैभन्दा पहिले गञ्तव्यस्थलहरुमा आवश्यक पूर्वाधार विकास गर्नु जरुरी रहन्छ ।
यस्तो अवस्थामा हामीले सबैभन्दा पहिले हाम्रो अवस्थामा नै सुधार गर्नुपर्ने अवस्था रहन्छ । नेपालमा अहिलेको अवस्थामा पर्यटन वृद्धिको लागि अन्य प्रचारात्मक गतिविधिहरुमा लाग्नुभन्दा पनि हामीसँग भएका संरचनामा केही संरचना विकासमा जोड दिनु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij