नुवाकोटको बेलकोटगढि नगरपालिका वडा नम्बर ४ डाडाखर्क अन्तर्गत रहेको श्री पन्चासे माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सब आज सम्पन्न भएको छ।माननीय संघिय सांसद नारायण खतिवडाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र बहादुर लामाको विशेष अतिथि रहेको थियो।कार्यक्रममा विद्यालयका भुतपुर्व प्रधानाध्यापकहरुको समेत आतिथ्यता रहेका थियो।प्रधानाध्यापकहरुद्वारा बिगतका शैक्षिक अवस्था र हालको बारेमा पनि चर्चा उप-चर्चा गरिएका थिए।
विद्यालयको वार्षिकोत्सबको अवसरमा सन्चालन गरिएको विभिन्न किसिमका खेलहरुमा प्रथम,द्वितीय र तृतीय हुनेहरूलाई कार्यक्रमका बिच शैक्षिक सामाग्री पुरस्कार स्वरूप वितरण गरिएका थिए।
नेपाल मार्सल आर्ट्स हाप्कीडो संघ बेलकोटगढी -४ नुवाकोटका खेलाडीहरुद्वारा
डेमो प्रदर्शन( self defence )सम्बन्धि खेलहरु प्रदर्शन गरिएको थियो।
त्यस्तै गरि हास्य कलाकार मिस्टर बिर्खु(करण तामाङ )ले हास्यास्पद तरिकाले प्रणय दिवसको बारेमा अभिनय प्रस्तुत गरेका थिए।गायिका शुभद्र पौडेलले पनि आफ्नो बास्तबिकता जिवनमा घटेको घटनाहरु समाबेश गरि तयार पारिएको भाबुक पुर्ण साङ्गितिक प्रस्तुत गरिएका थिए।कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद नारायण खतिवडाले संघिय सरकारले गर्नुपर्ने सबै किसिमका कार्यहरु स्थानीय तहहरुबाट कार्यक्रमको योजनाहरु तर्जुमा गरि आएको खण्डमा जुनसुकै माध्यममा पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको ।गायक लियो भिमशेन दाहालले समेत कार्यक्रममा विभिन्न बिधाका गीतहरुबाट उपस्थितीहरुमा भरपुर मनोरञ्जन दिएका थिए।अन्तिममा गायिका पौडेल र दाहाल बिच घम्साघम्सी दोहोरी भएका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij