२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चिल्ड्रेन हेराल्डले मनायो जुनियर तर्फको अभिभावक दिवस

चिल्ड्रेन हेराल्डले मनायो जुनियर तर्फको अभिभावक दिवस

माघ २५ गते शनिवार तारकेश्वरको चिल्ड्रेन हेराल्ड एकेडेमी (सिएचए)ले जुनियर तर्फको १७ औं अभिभावक दिवस भव्यताको साथ मनाएको छ । जुनियर तर्फको १७ औं अभिभावक दिवसमा करिब १५ सय अभिभावकहरु विद्यालयमा उपस्थित थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कमल ज्ञवालीले विद्यालयको नतिजा निकै नै उत्कृष्ट रहेको बताउँदै आफूहरु निरन्तर रुपमा विद्यार्थीको वहुआयामिक क्षमता विकासमा केन्द्रित रहँदै आएको बताउनुभयो ।

विद्यालयले नियमित शैक्षिक गतिविधिको अलावा अतिरिक्त क्रियाकलापमा समेत निकै राम्रो उपलब्धि हासिल गर्दै आएको समेत ज्ञवालीले बताउनुभयो । केही पहिले मात्रै विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्नु सम्पूर्ण विद्यालय परिवार, विद्यार्थी र अभिभावकहरुको लागि ठूलो गौरवको विषय रहेको स्मरण गराउँदै विद्यालय प्रति अभिभावकहरुको विश्वास प्रति कृतज्ञता प्रकट गर्नुभयो । विद्यालय नगर शिक्षा शाखाबाट समेत उत्कृष्ट विद्यालयको सूचीमा पर्न सकेको बताउँदै आगामी दिनमा समेत विद्यार्थीहरुको बहुआयामिक क्षमता विकासलाई लक्षित गर्दै अन्य नयाँ कार्यक्रमहरु थप गर्दै जाने योजनामा आफूहरु रहेको बताउनुभयो ।

उक्त विद्यालयलाई नेपालकै उत्कृष्ट शैक्षिक गञ्तव्य बनाउने योजना बमोजिम आफूहरु निरन्तर अघी बढेको बताउँदै आफूहरु माथि अभिभावकको थप विश्वासको अपेक्षा विद्यालयले राखेको समेत ज्ञवालीले बताउनुभयो । साथै संस्कार सहितको उत्कृष्ट शिक्षा प्रदान गर्ने कार्यमा विद्यालय पक्षको मात्र नभई अभिभावक पक्षको पनि त्यत्ति नै जिम्मेवारी हुने कुरामा समेत अभिभावकहरुलाई सचेत गराउनुभएको छ ।


उक्त कार्यक्रममा अभिभावक शिक्षक समितिका सदस्य लोकेन्द्र ढकालले सिएचएले पछिल्ला केही बर्षको अन्तरालमा नै जुन गतिको साथ तारकेश्वर क्षेत्रको मात्र नभई काठमाडौंकै उत्कृष्ट नमुना विद्यालयको रुपमा उदाउन सफल हुनुले विद्यालयको यात्रा सुनिश्चित गञ्तव्य तर्फ अघी बढ्न सफल रहेको प्रष्ट सङ्केत गरेको बताउनुभयो ।

अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले म्युजिक, डान्स, फेसन शो, सांस्कृतिक कार्यक्रम लगायतका आफ्ना विभिन्न प्रतिभाहरु समेत प्रदर्शन गरेका थिए । आफ्ना बाबुनानीहरुमा विकास भएको क्षमता देखेर अभिभावकहरु दङ्ग थिए ।

हाल यस विद्यालयले विद्यार्थीहरुको शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुको अलावा विभिन्न सामाजिक उत्तरदायित्वजन्य क्षेत्रमा समेत आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ । हाल यस विद्यालयले नर्सरी देखि प्लस टु सम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
हाल यस विद्यालयमा जुनियर तर्फ प्ले ग्रुप देखि कक्षा १ सम्म करिब ५ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij