२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गायिका लक्ष्मी स्याङतनले नचाए दर्शकहरूलाई नुवाकोटको बाघखोरमा सोनाम ल्होछारमा।

गायिका लक्ष्मी स्याङतनले नचाए दर्शकहरूलाई नुवाकोटको बाघखोरमा सोनाम ल्होछारमा।

२८५६ औं सोनाम ल्होछार (जिवा ल्हो)मुसा वर्ग को अवसर पारेर नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बाघखोरमा भएको माघ १७ र १८ गतेका अन्तिम दिन शनिवार ल्होछार कार्यक्रममा बहादुर शिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो।बिशेष अतिथीहरुमा किस्पाङ गाउपालिकाका प्रमुख छात्र लामा,बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बाबुराम गजुरेल अतिथिहरुमा प्रजातान्त्रिक पार्टीका युवा महामन्त्री अक्कल बहादुर तामाङ सोही वडाका वडा सदस्यहरुमा रामचन्द्र लामा,राधिका सुनार लगायत स्थानीय युवा तथा बुद्धिजीवी शेरब लामा,हर्क बहादुर तामाङ ,प्रेम तामाङ, नेपाली काङ्ग्रेसको जिल्ला सभापति जगत लामा,राजु थापा,बेलकोटगढी नगरपालिकाका प्राबिधिक शाखाका पर्वत,रोशन साथै बेलकोटगढी कृषिका विकास अधिकृत ८औं छबिलाल शर्मा रहेका थिए।कार्यक्रमको बिच सोही वडा नम्बर ९ का वडा अध्यक्ष बाबुराम गजुरेलले स्थानीय तामाङ समुदायका आफ्न सस्कृतिक रितिरिवाजलाई संरक्षण गर्नाका लागि मुख्य उदेश्य बोकि प्रत्येक बर्ष बजेट विनियोजन गरिदै आएको बताउनु भयो।वडा अध्यक्ष गजुरेलले नगरभित्र रहेका वडाहरुमा एक नमुना वडाको निर्माणका लागि आफ्नो अभियान रहेकाले नयाँ कार्यक्रमहरुमा जोड दिदै जाने र कहि कतैबाट आर्थिक प्रलोभनमा पारी कोहि कसैलाई ठगिएको पाइएमा नछोडिने समेत वचन बद्दता जाहेर गर्नु भएको थियो।गजुरेलले आफ्नो वडाबासिहरुमा र सिङ्गो नगरबासिहरुमा ल्होछारको शुभकामना ब्याक्त गर्नु भएको थियो।

कार्यक्रममा अतिथी कलाकारहरुले आ-आफ्नो सिर्जना प्रस्तुत गरि रोचक ढङ्गले मनोरञ्जनात्मक वातावरण बनाउन सफल भएका थिए।उक्त कार्यक्रममा पत्रकार ,सुरक्षाकर्मी ,विद्यार्थीहरु,शिक्षकहरु,विभिन्न पार्टी प्रतिनिधिहरु,युवा तथा समाजसेवी ब्याक्तित्वहरु,स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेका थिए।कलाकार लियो भिमशेन दाहालले “देउरालीमा धाजा भन्न त भन्थिन् आमा घर छोडेर नजा”बोलका गीतबाट गरेर विविध किसिमका गीतहरु गाएर दर्शकहरुमा मनोरञ्जन दिलाएका थिए।त्यस्तैगरी कलाकार लक्ष्मी स्याङतनले पनि विविध गीतहरुबाट दर्शकहरुलाई भरपुर मनोरञ्जनका साथमा नचाएका थिए।गायक फुल कुमार बम्जन,सुबास मोक्तान ,यु.वि मङ्ग्रेसाले समय अनुसारको विविध विधाका गीतहरूबाट मनोरञ्जन दिलाएका थिए।भने डान्सर फुसन लामाले अहिले चलेका चर्चित गीतहरुको छोटो मीठो तरिकामा सम्बन्धित मिठास माध्यममा दर्शक स्रोताहरुमा आफ्नो प्रस्तुती उत्कृष्ट शैलीमा देखाएका थिए।कार्यक्रमका सभा अध्यक्ष जीवन तामाङले ल्होछारको बिषयमा प्रस्टाउदै शुभकामना दिई कार्यक्रमको समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij