डिल बहादुर लामा-बेलकोटगढी।२८५६ औं जिवा ल्हो मुसा वर्ग को अवसरमा भैरहेको दुई दिने सोनाम ल्होछार कार्यक्रमको पहिलो दिन शुक्रवार बागमती प्रदेशको उप सभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बाघखोरमा भएको उक्त कार्यक्रममा बेलकोटगढी नगरपालिका नगर प्रमुख राजेन्द्र रमण खनाल,उप प्रमुख कविता ढुङ्गाना साथै ४ नम्बरका वडा अध्यक्ष चन्द्र बहादुर लामा लगायत अन्य वडाहरुका जनप्रतिनिधिहरु,समाजसेवी तथा बुद्धिजीवी जगत बहादुर गुरुङ रहेका थिए।सालखर्क मुम्बैदेवी तामाङ बाजा समुहबाट पनि कार्यक्रममा रमाइलो गराएका थिए।कार्यक्रम पत्रकार ,सुरक्षाकर्मी,कलाकार ,शिक्षक विद्यार्थी लगायत समाजसेवी ब्याक्तित्वहरुका साथै स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेका थिए।तामाङ सस्कृती झल्काउने कपडा पसल समेत रहेको हुदा कार्यक्रमको वातावरण छुट्टै महसुस भएको र गाउँमा नै एउटा सानो महोत्सवको सम्झना गराउन सफल भएकोमा आयोजक समितिले खुशी ब्याक्त गरेका थिए।
उप सभामुख राधिका तामाङले आफ्नो वक्तव्य प्रस्तुत गर्ने क्रममा ल्होछार सम्बन्धि चल्दै आएको रिति रिवाज ,धर्म सस्कृतिको बृहत् रूपमा व्याख्या गर्नुहुदै जानकारी समेत गर्नु भएको थियो।उप सभामुख तामाङले ल्होछार सम्बन्धि बताउदै ल्होछारको विषयमा गाउँ गाउँमा जनचेतना जगाउनका लागि र आफ्नो धर्म सस्कृती रितिरिवाज संरक्षणका लागि महत्वपूर्ण ढङ्गले प्रशिक्षण कार्यक्रम सन्चालन गर्नुपर्ने देखिएको समेत बताउनु भएको थियो।आफुले मतदातासामु दिएको वचन बद्दता प्रदेशको राजधानी हेटौंडा नुवाकोट ल्याउन नसकेको राजधानीको नाम ताम्सालिङ नेवा राज्य सुधार गर्न नसकेकोमा केही गल्ति भएकोमा क्षमाप्रार्थी रहेको र आफुले पुन: जनताको सेवा गर्ने अवसर पाएको खण्डमा निरन्तर प्रयासमा रहिरहन सक्ने दाबी गर्नु भएको थियो।यो पार्टी त्यो पार्टी यसले गर्यो उसले गर्यो गर्न सकेन भन्ने बिकासका कामका बारेमा चर्च उपचार्च भन्दा जुनसुकै ब्याक्ती,पार्टीको प्रतिनिधि जो कोहि एकसाथ लागि विकासका कामका मुल फुटाउनु आवस्यक रहेको बताउनु भयो।उप सभामुख तामाङले तामाङको हरेक रह शहन र इतिहास पहिल्याउदै कला र सस्कृतिको संरक्षणका साथमा एकताबद्ध रूपमा सधै लागिरहन सबैमा आग्रह समेत गर्नु भएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij