२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सरकारको ‘आयु’ लम्ब्याउने सपना नदेख्न ओलीको चेतावनी

सरकारको ‘आयु’ लम्ब्याउने सपना नदेख्न ओलीको चेतावनी

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई थाती राखेर सरकार लम्ब्याउने सपना नदेख्न सत्तापक्षलाई चेतावनी दिएका छन् ।

शनिबार प्रेस चौतारीले चितवनको भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले विभिन्न बहानामा निर्वाचनलाई आलटाल गर्न खोजिए सरकार र नेकपा माओवादी केन्द्र दुबैको दुर्गती हुने बताए ।

उनले वर्तमान सरकार निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको र उसका गतिविधि पनि त्यस्तै देखिन थालेको आरोप लगाए ।

अध्यक्ष ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित गर्न नदिने पनि दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij